आसाम । भारतको आसाम राज्यस्थित जोरहाटमा भारतीय वायुसेनाको एउटा ‘ट्रान्सपोर्ट’ विमान दुर्घटनाग्रस्त भएको छ । शनिबार बिहान जोरहाटको रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा एएन-३२ विमान दुर्घटनामा परेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा विमान अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनालगत्तै विमानमा भीषण आगलागी भएको र विमान दुई टुक्रा भएको बताइएको छ ।
यो विमान मुख्यतया सैनिक र सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गरिँदै आएको थियो । दुर्घटनामा विमानका पाइलटको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै यसबारे विस्तृत जानकारी संकलन भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
प्रतिक्रिया