• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गैँडाकोटमा क्रेन दुर्घटना, चालकसहित ६ जनाको उपचार हुँदै

    327
    SHARES



    कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालीगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

    ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रेन बुधबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित क्रेनमा सवार अन्य पाँच जना घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरूमा पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्दै आएका २५ वर्षीय निरज अस्रामी मगर, ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई रहेका छन्।

    घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुरका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धान अनुसार ओरालो सडकमा गुडिरहेको क्रेन अनियन्त्रित भई सडकको बायाँपट्टिको भित्तामा ठोक्किएको थियो। ब्रेक प्रणालीमा समस्या आएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ