• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    २१ जिल्लामा मौसम विभागले दियो हावाहुरीको चेतावनी

    1.2K
    SHARES



    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य र पश्चिम तराईका गरी २१ जिल्लामा हावाहुरीको चेतावनी दिएको छ।

    महाशाखाले फेसबुक पेजमार्फत् शुक्रबार राति तराई तथा भित्री मधेसका जिल्लामा समेत हावाहुरीको चेतावनी दिएको हो। तराईका २१ जिल्लामा चेतावनी नै दिइएको छ र सतर्क रहन भनिएको छ। पहाडी तथा भित्री मधेसमा भने अद्यावधिक रहन भनिएको छ।

    महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा जिल्लालाई चेतावनी दिइएको छ।

    ‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ। नक्सामा सुन्तला रङ लगाइएको तराई क्षेत्रका बासिन्दाले सतर्क रहनु होला। पहेंलो रङ लगाइएको पहाडी क्षेत्रका बासिन्दाले मौसमबारे जानकारी लिदै गर्नुहोला,’ विभागले सूचनामार्फत भनेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ