• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस भएपछि…

    572
    SHARES



    काठमाडौँ । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् ।

    ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए ।

    नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको बताए । ‘कहिलेकाहिँ शरीरमा पानीको मात्रा कम भएर हुन्छ, कहिले खुट्टा जाम भएर त्यस्तो हुन्छ,’ प्रवक्ता बस्नेतले भने, ‘उनको खुट्टा जाम भएको थियो । उनी होसमै थिए । हिँडेरै गएको पनि देख्नुभयो होला ।’

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता बस्नेतले जानकारी दिए । ती सैनिक जवानको परिचय भने खुलेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ