• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

    377
    SHARES



    काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् ।

    प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् ।

    यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै राईले आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए ।

    तर सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ