• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बयारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध सिरहामा प्रधानमन्त्रीको बालेनको पुतला दहन

    197
    SHARES



    सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन्प्र ।

    सरकारी निर्णयविरुद्ध सडक आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले भन्सार पुनःस्थापनाको माग गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

    आन्दोलित नागरिकहरुका अनुसार, छोटी भन्सार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र राजस्व संकलनमा गम्भीर असर परेको छ । उनीहरूले सीमा क्षेत्रमा अनुगमन कमजोर भई तस्करी बढ्ने जोखिमसमेत रहेको बताएका छन् ।

    मंगलबार साँझ निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी सहभागी थिए । उनीहरूले निर्णय तत्काल फिर्ता नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    वडानम्बर ३ का अध्यक्ष एवं आन्दोलन संयोजक विनोद यादवले जनहितविपरीत कदम स्वीकार्य नहुने बताएका छन् । उनले आवश्यक परे पदबाट राजीनामा दिनसमेत तयार रहेको बताए ।

    स्थानीय व्यापारी चन्देश्वर यादवका अनुसार भन्सार सञ्चालनका लागि स्थानीयले अनुदानमा जग्गा उपलब्ध गराएका थिए र त्यहाँबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।

    स्थानीय अगुवाहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ