• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिन्धुलीको सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु

    206
    SHARES



    काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार सुनकोशी ४ घर भई हाल सुनकोशी ३ बोहोरेटार बस्ने बर्ष ९ को सफल पुलामी मगर र सुनकोशी-५ बन्दीपुर घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्ने वर्ष १० को युकेस बिकको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार उनीहरू दुवैको शव नुहाउन पसेको ठाउँदेखि अन्दाजी १५० मिटर पूर्व सुनकोशी नदीको किनारमा फेला परेको थियो ।

    दुई बालक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र शसस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट सिन्धुलीबाट उद्धार सामग्री सहितको टोली परिचालन गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ