• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विश्वकप लिग २ : अन्तिम खेलमा नेपालले अमेरिकामाथि दर्ता गर्यो सानदार

    154
    SHARES



    काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रनमै समेटियो ।

    अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले ५६ रन बनाए भने नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी र गुल्सन झाले २–२ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।

    नेपालका लागि ईशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले ५९ र आसिफ शेखले ४३ रन जोडे । सन् २०२७ को विश्वकप छनोटका दृष्टिले शीर्ष चारमा पर्न यो जित नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ