• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    171
    SHARES



    पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो ।

    पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा चालक सहित गाडी बाटोभन्दा तल झरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

    गाडीका अन्य दुईयात्री पिसाब गर्न बाहिर रहेकाले सुरक्षित छन् । च्याङथापुबाट गोरु र बाछि फालेलुङ तर्फ लैजाने क्रममा अचर्लेमा गाडी रोकिएको थियो । प्र १–०१–००२ च १५६९ नम्बरको पिकअप दुर्घटनामा परेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ