• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सभामुख अर्यालको भूमिकामाथि निस्कल राईले उठाए प्रश्न

    446
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् ।

    ‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले संसदमा भने ।

    केही बैठकदेखि श्रम संस्कृति पार्टी हर्क साम्पाङले सरकार खोज्दै प्लेकार्ड देखाए पनि सभामुखले त्यसलाई अमर्यादित भनेको भन्दै उनले आपत्ति जनाए ।

    विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गर्दै उनले सभामुखलाई प्रश्न गरे, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’ उनले विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएको भन्दै सभाको मर्यादा सभामुखले राख्नुपर्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ