काठमाडौँ । हिरासतमा बस्दा सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि छानबिन सुरू भएको छ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरमा राख्दा हिरासतभित्रै आइप्याड चलाइरहेको उजुरी परेपछि छानबिन समिति गठन भएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन भइरहेको हो। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
‘अग्रवाल प्रहरीले ल्याएको व्यक्ति होइन। विभागको हिरासत नभएपछि प्रहरीको प्रयोग गरिएको थियो। आइप्याड भेटिएको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीको भूमिका केकस्तो थियो भनेर छानबिन गर्न समिति गठन भएको हो,’ स्रोतले भन्यो।
यसको छानबिन केही समय अघि देखि नै भइरहेको छ। यसबीच अग्रवाललाई परिसरको हिरासतबाट विभागलाई नै बुझाइसकेको छ। अहिले अग्रवालको स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा भर्ना भएको स्रोतले बतायो।
प्रतिक्रिया