• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    उपभोक्ताको स्वास्थ्यमाथि माउन्टेन ड्युको गम्भीर लापरवाही, बिक्रीमा रोक

    324
    SHARES



    काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिले गुणस्तरहिन चिसो पेय पदार्थ बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको छ । फलस्वरूप खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रालिको ब्याच नं. १६८ को पेयपदार्थ बिक्रीवितरणमा रोक लगाएको छ ।

    विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो ।

    काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गर्दा बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको द्रुत प्रतिकार्य टोलीले उक्त उद्योगमा तत्काल निरीक्षण गरेको थियो ।

    विभागका अनुसार अनुगमनमा उपभोक्ताले सेवन गरेको ब्याच नं. १६८ (मिति : ०३/०४/२६) को २५० मिमी प्याकका उत्पादनमध्ये उद्योगको गोदाममा एक क्रेट मात्र फेला परेको र बाँकी उत्पादन डिलरमार्फत बजारमा पठाइसकिएको पाइयो ।

    विभागका निर्देशक डा. बालकुमारी शर्माका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले देहाय बमोजिमको निर्देशन र कारबाही प्रक्रिया अघि बढाएको छ । जसअनुसार उक्त ब्याच (ब्याच नं १६८) को उत्पादनको प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्मका लागि सो ब्याचका पेय पदार्थ बिक्री-वितरण नगर्न सम्बन्धित उद्योग र डिलरहरूलाई निर्देशन दिइएको छ ।

    संकास्पद ब्याचको नमूना संकलन गरी विस्तृत विश्लेषणका लागि प्रयोगशालामा पठाइएको छ । उक्त उत्पादनमा प्रयोग भएका कच्चा पदार्थहरूको विस्तृत विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण अभिलेख ५ दिनभित्र विभागमा पेश गर्न उद्योगलाई आदेश दिइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ