• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ललित र सन्दीप चम्किँदा ३९.१ ओभरमा स्कटल्याण्ड अल आउट, नेपालले पायो १९५ रनको लक्ष्य

    295
    SHARES



    काठमाडौँ । ललित राजवंशी र सन्दीप लामिछाने चम्किँदा नेपालले स्कटल्याण्डलाई अल आउट गरेको छ।

    विश्वकप लिग-२ अन्तर्गत सोमबार त्रिवि मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको हो।

    नेपालले १९५ रनको लक्ष्य पाएको छ। त्यस क्रममा ललित राजवंशीले चार विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए।

    लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए। उनले १० ओभर बलिङमा ४७ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए।

    स्कटल्याण्डका लागि ब्रान्डन मिकमलेनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरी ७३ रन बनाए। माइकल इङ्लिसले ७२ बलमा ५१ रन जोडे। ओपनर जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन बनाए।

    स्कटल्याण्डविरूद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। त्यतिबेला डिएलएस पद्दतिबाट नेपाल २ रनले पराजित भएको थियो।

    अमेरिका विरूद्धको खेलमा नेपालले १९६ रनको लक्ष्य पूरा गरेको थियो। योसँगै नेपालले बाँकी रहेका १० वटै खेल जित्नुपर्ने दबाब छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ