• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा ५ जना नियुक्त, ७ दिनभित्र नियुक्ति लिन मन्त्रालयको आह्वान

    432
    SHARES



    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा खुल्ला प्रतिस्पर्धाबाट पाँच जनालाई नियुक्त गरेको छ ।

    नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम रिक्त रहेका सदस्य पदमा नियुक्तिका लागि मन्त्रालयले गत २०८३ वैशाख १२ गते गोरखापत्र दैनिकमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

    सो अवधिभित्र रीतपूर्वक आवेदन पेस गर्ने २७ जना उम्मेदवारहरूमध्येबाट शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्य योजनाको परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

    छनोट समितिको सोही सिफारिसका आधारमा आज (बिहीबार) भएको मन्त्रीस्तरीय निर्णयले पाँच जना उम्मेदवारहरूलाई सञ्चालक सदस्यमा नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा पोखरा–३० का डा. दिपक प्रसाद बास्तोला, भरतपुर–२ का प्रविन भट्टराई, ललितपुर–१३ का महेश्वर भक्त श्रेष्ठ, काठमाडौँ गोकर्णेश्वर–१ की रुपा लामिछाने र स्याङ्जा आँधीखोला–६ का लिलाराज ढकाल रहेका छन् ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्वारा बिहीबार जारी सूचनामा नियुक्त भएका उम्मेदवारहरूलाई निर्णय भएको मितिले ७ (सात) दिनभित्र नियुक्ति पत्र लिन मन्त्रालयमा उपस्थित हुन जानकारी गराइएको छ । मन्त्रालयले पारदर्शी प्रक्रिया अपनाउँदै योग्यता र क्षमताका आधारमा निगमको सञ्चालक समितिमा नयाँ सदस्यहरू चयन गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ