• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने संख्या ४ पुग्याे, २७ जना घाइते

    262
    SHARES



    अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकाे दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् ।

    सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-१९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका-५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताए ।

    घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूकाे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अर्घाखाँची अस्पतालका घाइतेलाई पनि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएकाे छ ।

    घटनामा अधिकांश मोदी गाउपालिका पर्वतका मानिसहरू परेकाे प्रहरीको भनाइ छ । सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको जिसीले बताए ।

    प्रारम्भिक जानकारी अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको र बस सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ