काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन् ।
निर्वाचन सम्पन्न भएको २ महिना पुग्दा नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनको भनाइ छ ।
प्रसाईंले भने– ‘हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन कुन घर फकिन्छस् ? ‘
आफूले सुरुवाती दिनदेखि नै बालेन नेतृत्वको सरकार अमेरिकाको चाहनामा बनेको बताए पनि कसैले नपत्याएको उनको भनाइ छ । आज बालेनका गतिविधिले आफ्नो आरोप पुष्टि भएको प्रसाईंको दाबी छ ।
सरकारले न्यायालयमाथि पनि हस्तक्षेप गरेको उनको आरोप छ । चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरेर सरकारले जग हसाएको उनको भनाइ छ ।
प्रतिक्रिया