• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रोल्पामा आफन्तको घर जाँदै गरेकी महिलामाथि सामुहिक बलात्कार

    303
    SHARES



    रोल्पा । रोल्पामा एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली, सोही ठाउँका २० वर्षीय सुनिल वादी र सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तिदमारका ४४ वर्षीय धिरज भनिने धनबहादुर कामी रहेको रोल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।

    पक्राउ परेका तीनै जना रोल्पाको माडी गाउँपालिका – ६ लाप्चुङस्थित निर्माणाधीन मदन भण्डारी सड्क खण्डको कलर्भट मर्मतको काममा खटिँदै आएका मजदुरहरु हुन्।

    वैशाख २२ गते बेलुका साढे ६ बजेतिर जिल्लाको सुनिलस्मृति गाउँपालिका – २ की ४० वर्षीया एक महिला आफन्तीको घर माडी गाउँपालिका – १ चिहानडाँडाबाट जंगलको बाटो हुँदै पैदल लिबाङ जाँदै थिइन्।

    जंगलको बाटो हिँड्दै गर्दा तीन जना मिलेर सामूहिक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ। पीडित महिलाले वैशाख २४ गते आफूमाथि भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर लिखित रुपमा केटानी जाहेरी दिएकी थिइन्।

    त्यसपछि प्रहरी निरीक्षक गोपालप्रशाद श्रेष्ठको नेतृत्वमा खटिएका ५ जनाको टोलीले सडक निर्माणमा खटिएका उनीहरु तीन जनालाई नियन्त्रणमा लिएको थियो।

    पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय घर्ती गाउँको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ