• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    नेपालको ए राष्ट्रिय क्रिकेट टोलीको लगातार जित, लिग-२ को शीर्ष टोली अमेरिकालाई हरायो

    296
    SHARES



    काठमाडौँ । अमेरिका र स्कटल्यान्डविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो खेलमा जित निकालेको छ।

    शुक्रबार माथिल्लो मुलपानी मैदानमा नेपालको ए टोलीले आइसिसी विश्वकप क्रिकेट लिग-२ को शीर्ष स्थानमा रहेको अमेरिकामाथि ३ विकेटको जित निकाल्यो। यसअघि बिहीबार लिग-२ को दोस्रो स्थानमा रहेको स्कटल्यान्डमाथि पनि नेपाल ए टोली विजयी भएको थियो।

    नेपालले अमेरिकाले दिएको २६३ रनको लक्ष्य ७ विकेट गुमाएर पाँच बल खेल्न बाँकी छदा पूरा गर्‍यो। नेपालको जितमा मध्यक्रममा ब्याटिङ गरेका मयन यादवले ७२ रन बनाए। उनले ८० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

    कुशल मल्लले ४९ बलमा ३३ रन बनाए भने पवन सर्राफ १५ बलमा २४ रनमा नटआउट रहे। बसिर अहमदले १८ रन बनाए। त्यसअघि ओपनरद्वय तृतराज दासले २३ रन र कप्तान अनिलकुमार साहले २७ रन जोडे। देव खनाल १७ रनमा आउट हुँदा सन्दीप जोराले ३६ रनको योगदान गरे।

    बलिङमा अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २६२ रन बनायो। उसका लागि ओपनर समित पटेलले ११६ रन बनाए। उनले १०८ बलमा १० चौका र ५ छक्का प्रहार गरे।

    हर्मित सिंहले अन्त्यमा २३ बलमा नटआउट २५ रन र जसदिप सिंहले २८ बलमा नटआउट ३३ रन प्रहार गरे। अभ्यास खेल भएका कारण नेपालले १० बलर प्रयोग गर्‍यो। नेपालका लागि पवन सर्राफले २ विकेट लिए।

    सिरिजमा नेपालले वैशाख २६ गते तेस्रो खेल स्कटल्यान्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ। यो सिरिजपछि आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका लिग २ को अंक तालिकाको शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ