गोरखा। गोरखामा मिनि ट्रकको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोरखा नगरपालिका–८ फुलबारी पाठशाला नजिकै भएको दुर्घटनामा आरुघाट गाउँपालिका–१ धुन्चेत घर भई हाल गोरखा सदरमुकाममा बस्दै आएका युहान गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
बुधबार साँझ करिब ६ बजे घ्याम्पेशालबाट बिरेन्चोकतर्फ जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनि ट्रकले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक गोरखा नगरपालिका–११ का हिराबहादुर कुमाललाई नियन्त्रणमा लिइएको छ भने सवारीसाधन समेत प्रहरी नियन्त्रणमा रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया