• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा सल्यानमा भेटिए ८६ वटा बम

    339
    SHARES



    सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ ।

    शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्। जसमध्ये ८२ सकेट बम, ३ सुतली बम र १ वटा बोतल बम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

    ‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय भयो,’ उनले भने, ‘त्यसपछि सेना आउँदा उक्त दिन बेलुका ४ बजेसम्म १० वटा सकेट बम फेला परेका थिए ।’ शनिबार बिहान ११ः२० बजे पुनः उत्खनन गर्ने क्रममा थप बम फेला परेको उनले बताए ।

    साथै उत्खनन गर्ने क्रममा थप ७ थान रेडियो सेट (वाकीटाकी), ५०० ग्राम तयारी विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने २ केजी पार्टपूर्जा र १० मिटर फायरिङ केबल समेत फेला परेको प्रहरीले जनाएको छ ।

    फेला परेका बमहरू निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ । कालीभक्ति गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमान्डमा ६ जनाको इन्जिनियर टोली र सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ ।

    बुधबार नै सिद्धीबक्स गण सल्यानबाट उप–सेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा टोली खटिएको थियो । परिमाण ठूलो भएपछि थप प्राविधिक सहयोगका लागि मध्यपश्चिम पृतना अन्तर्गत १९ बाहिनी तुलसीपुर दाङबाट पनि विशेष टोली बोलाइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ