• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    यूएईविरुद्ध नेपाली टिममा फेरबदल, विनोद र अर्जुनले पाए मौका

    132
    SHARES



    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध आजको खेलमा नेपाली टिममा ठूलो परिवर्तन देखिएको छ । त्रिवि क्रिकेट खेलमैदानमा भर्खरै सुरु भएको खेलमा ब्याटिङ तथा बलिङमा नेपालले ठूलो परिवर्तन गरेको हो ।

    नेपालको दुवै नियमित ओपनर आजको खेलमा छैनन् । कुशल भुर्तेल र आसिफलाई बाहिर राख्दा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले मौका पाएका छन् । यस्तै अर्जुन कुमालले डेब्यू गरेका छन् ।

    आरिफ पनि प्लेइङ ११ मा समावेश भएका छन् । बलिङतर्फ करण केसी र बसिर अहमदलाई बाहिर राखिएको छ । नन्दन यादव र ललित राजवंशीले पुनगामन गरेका छन् ।

    शृंखलाको पहिलो म्याचमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गरे पनि ओमानसँग निकै खराब प्रदर्शन गरेपछि टिममा फेरबदल गरिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ