• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले दिए राजीनामा

    126
    SHARES



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन्।

    त्रिवि पदाधिकारीहरू उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले आज पदबाट राजीनामा दिएका हुन्। त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आफूहरूले राजीनामा पत्र पठाइसकेको जानकारी दिए।

    उनीहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा पनि राजीनामा पत्र पठाएका हुन्। सरकारले विश्वविद्यालयसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।

    यस्तो अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिएका हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ