• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपाल उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा खड्काको उम्मेदवारी

    403
    SHARES



    धनगढी । नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट युवा व्यवशायी सन्तोष खड्काको उम्मेदवारी परेको छ ।
    महासंघको ६० औं वार्षिक साधारण सभा यही बैशाख २१ र २२ गते काठमाण्डौंमा हुन गैरहेको छ । सोही साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

    टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका खड्काले आगामी कार्यकालका लागि खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन । उनी कार्य समितिको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुदूरपश्चिमबाट एक्लो उम्मेदवार हुन ।

    वि.सं. २०५४ सालमा स्थापना भएर सोही वर्ष नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भएको टीकापुर उद्योग वाणिज्य संघले पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिमा दावी गरेको छ ।

    खुला केन्द्रीय सदस्यको एकल उम्मेदवार रहेका खड्कालाई नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका साथै सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र तीन नगर उद्योग वाणिज्य संघको समर्थन रहेको छ । उनी नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको निवर्तमान सदस्य समेत हुन ।

    ३४ वर्षीय खड्का टीकापुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्ष छन । सन्तोष विल्डर्सका सञ्चालक रहेका उनी विभिन्न सामाजिक काममा समेत सकृय छन ।

    सुदूरपश्चिम प्रदेशका भुगोल तर्फका दुई केन्द्रीय सदस्यमा भने चारजनाको उम्मेदवारी परेको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष शंकर बोगटी, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाई र कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पिताम्बर जोशीले उम्मेदवारी दिएका छन् ।

    सुदूरपश्चिम प्रदेशबाट भुगोल तर्फको दुई केन्द्रीय सदस्यमा चार जनाको उम्मेदवारी परे पनि सहमतिको प्रयास भैरहेको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनले सुदूरपश्चिमबाट सहमतिको सन्देश दिने प्रयास भैरहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ