• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    होसमा आइन उपसभामुख रुबीकुमारी, सुगर लेबल एकदमै कम

    360
    SHARES



    काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् ।

    अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

    ‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो,’ अस्पताल स्रोतले भन्यो, ‘ बेहोसी अवस्थामा हुनुहुन्थो । अहिले होस आएको छ ।’

    प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ । अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको छ ।

    स्वास्थ्यमा देखिएको समस्याको यकिन कारण पत्ता लगाउन अन्य परीक्षण पनि भइरहेको छ । ‘थप परीक्षण गरिरहेका छौं । अहिले भर्ना नै गरेर उपचार भइरहेको छ,’ ती अधिकारीले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ