• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा, भोलि मात्रै बस्ति खाली गरिने

    272
    SHARES



    काठमाडौँ । भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् । शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ ।

    ‘आजलाई केही तनाव भयो, भोलि बिहानैबाट डोजर चलाउँछौँ । आज सुरु मात्रै गर्न खोजेका थियौँ । काम त भोलि नै गर्ने हो,’ फिल्डमा रहेका एक नगर प्रहरीले जानकारी दिए ।

    यसैबिच मनोहरामा रहेको सुकुमबासी बस्तीमा रिपोर्टिङका क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे उनीमाथि स्थानीयबासीले आक्रमण गरेका हुन् ।

    उनलाई सामान्य चोट लागेको छ । यसअघि काठमाडौँका दुई स्थानका सुकुमबासी बस्ती भने सरकारले शान्तिपूर्वक खाली गराइसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ