• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ५६ दिनपछि खुल्यो इरानको खुमेनी विमानस्थल, सुचारू भए अन्तर्राष्ट्रिय उडान

    360
    SHARES



    काठमाडौं । अमेरिका र इजरायलको हमलाका कारण झन्डै दुई महिनादेखि बन्द रहेको इरानको हवाई सेवा फेरि सुचारू भएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता अवधि बढाएको घोषणा गरेसँगै शनिबार इरानबाट अन्तर्राष्ट्रिय उडान पनि सुचारू भएका छन् ।

    बीबीसीका अनुसार इरानको राजधानी तेहरानमा रहेको इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानैदेखि अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यहाँबाट पश्चिम एसियाका कैयौं सहरमा उडान भएको इरानी मिडियालाई हवाला दिँदै बीबीसीले समाचार लेखेका छन् ।

    तेहरानबाट उडान भएका सहरमा साउदी अरेबियाको मदिना, ओमानको मस्क, टर्कीको इस्तानबुल सामेल छन् । अमेरिका र इरानले २८ फेब्रुअरीमा इरानमाथि हमला गरेका थिए । इरानको सम्पूर्ण हवाई सेवा अवरुद्ध थियो । त्यसयता ५६ दिन तेहरानका लागि सबै अन्तर्राष्ट्रिय उडान निलम्बित थिए ।

    ८ अप्रिलमा पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुवैले दुई हप्ताका लागि युद्धविरामको सहमति जनाएका थिए । सोही क्रममा पाकिस्तानको राजधानी इस्लामावादमा दुवै देशका वार्ताकारले शान्तिवार्ता गरेका थिए । तर, शान्तिवार्ता सफल हुनसकेन् ।

    ८ अप्रिलको युद्ध विराम सहमति अप्रिल २१ मा सकिएको थियो । त्यसपछि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामको अवधि बढाएको घोषणा गरेका छन् ।

    यसैबीचमा शनिबार इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको भ्रमणमा छन् । उता अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा रहेको विभिन्न रिपोर्टले जनाएका छन् । तर, अर्को चरणको शान्तिवार्ताको भने अहिलेसम्म कुनै टुंगो लागिसकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ