• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अमेरिका र इरान शान्ति वार्ताका लागि ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

    152
    SHARES



    काठमाडौँ । अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा फेरि शान्ति वार्ताको तयारी गरिएको छ ।

    वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जेरेड कुश्नर शनिबार बिहान पाकिस्तान प्रस्थान गरेको ह्वाइट हाउसले जनाएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीसहितको टोली भने शुक्रबार नै इस्लामावाद पुगिसकेका छन् ।

    करिब दुई महिनादेखि चलिरहेको अमेरिका–इरान युद्ध अन्त्य गर्ने र विशेषगरी स्ट्रेट अफ हर्मुजमा जारी अवरोध हटाउने विषयमा वार्ता हुने बताइएको छ।

    विटकोफ र कुश्नरसँगको प्रारम्भिक कुराकानी सकारात्मक रहेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि पाकिस्तान जाने उल्लेख गरिएको छ ।इरानले वार्ताको इच्छा देखाएपछि यो भेटघाट हुन लागेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।

    अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानलाई सम्झौताका लागि राम्रो अवसर रहेको भन्दै त्यसका लागि इरानले परमाणु हतियारको मोह त्याग्नुपर्ने र त्यसको प्रमाणित आधार दिनुपर्ने सर्त समेत राखेका छन् ।

    गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभर तेलको मूल्य आकाशिएको छ। विशेषगरी इरानले स्ट्रेट अफ हर्मुजमा ढुवानीमा लगाएको प्रतिबन्धले विश्व अर्थतन्त्रमा असर पारेको छ।

    यो वार्ता सफल भएमा मध्यपूर्वमा जारी युद्ध अन्त्य हुने र विश्वव्यापी तेल आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ