• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तत्कालका लागि सुकुम्बासीलाई यी ५ स्थानमा राखिँदै, होल्डिङ सेन्टरहरू तयार

    364
    SHARES



    काठमाडौं।  काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ।

    पहिलो चरणमा काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो। जसको सुरुवात शनिबार थापाथली क्षेत्रबाट भइसकेको छ ।

    यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहकी प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

    सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको हो।

    दाहालले अध्ययनका क्रममा बस्तीमा बस्ने धेरैजसोको अन्यत्र घरजग्गा रहेको पाइएकाले ‘सक्कली’ र ‘नक्कली’ सुकुमबासी छुट्टाउन डिजिटल प्रोफाइल तयार पारिएको बताइन्।

    दाहालले भनिन्, ‘हामीले तथ्य र लगतका आधारमा वास्तविक सुकुमबासीको पहिचान गरिरहेका छौँ। अन्यत्र घरजग्गा भएका हुने-खाने तर सुकुमबासीका नाममा जग्गा ओगट्नेलाई कुनै विकल्प दिइने छैन, तर वास्तविक भूमिहीनलाई सरकारले मानवीय संवेदनाका आधारमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नेछ।’

    पुनर्स्थापनाका लागि तोकिएका स्थानहरूमा बिजुली, पानी र शौचालय जस्ता आधारभूत सुविधा सुनिश्चित गरिसकिएको छ।यस्तै, स्थानान्तरण हुनेहरूका लागि सरकारले तत्कालका लागि गाँस (खाना) को समेत प्रबन्ध मिलाएको छ।

    यसअघि नै निर्माण भएका सरकारी संरचनाहरूलाई सदुपयोग गर्दै सरकारले सुकुमबासी समस्याको स्थायी समाधान खोज्ने रणनीति लिएको हो।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ