
काठमाडौँ । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको हो।
बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । यसपटकको दृश्य विगतका भन्दा निकै फरक र शान्त देखिएको छ।
बस्ती भत्काउन डोजर प्रयोग हुँदा कुनै अवरोध देखिएको छैन । शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए । सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् ।
बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार अहिलेसम्म शान्तिपूर्ण रुपमा सुकमवासी बस्तीका बासिन्दालाई हटाउने काम भइरहेको छ ।
सामान हटाइएका क्षेत्रमा भने डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।
प्रतिक्रिया