• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    नबिल बैंकद्वारा भ्रामक प्रचारको खण्डन, दुष्प्रचारबिरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी

    380
    SHARES



    काठमाडौं । नबिल बैंक लिमिटेडले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको ग्राहक गोपनीयता भंगसम्बन्धी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती सूचना भ्रामक, आधारहीन र प्रमाणविहीन भएको जनाएको छ।

    शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले यस्ता दुष्प्रचारले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने उद्देश्य राखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    बैंकका अनुसार पछिल्लो समय विभिन्न माध्यममा ग्राहकको बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट भएको भन्ने दाबीहरू नियोजित रूपमा फैलाइएको छ, जसले बैंकिङ प्रणालीप्रतिको जनविश्वासमा असर पार्ने उद्देश्य राखेको देखिन्छ।

    २०८३ वैशाख ९ गते कान्तिपुर दैनिक मा प्रकाशित समाचारमा “अनुसन्धानरत निकायबाट प्राप्त विवरण” भनी स्पष्ट उल्लेख गरिएको भए पनि त्यसलाई तोडमोड गरी बैंकमाथि आरोप लगाइएको बैंकले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

    बैंकले कुनै पनि ग्राहकको व्यक्तिगत वा कारोबारसम्बन्धी जानकारी ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानूनी प्रक्रिया पूरा गरेका नियामक तथा अनुसन्धान निकाय बाहेक अन्य कसैलाई नदिने स्पष्ट पारेको छ। साथै, यदि कसैले कुनै विवरण निकालेको भए त्यसको सम्पूर्ण अभिलेख कोर बैंकिङ प्रणालीमा सुरक्षित रूपमा रहने जानकारी पनि दिएको छ।

    चार दशकभन्दा बढी समयदेखि सेवा दिँदै आएको नबिल बैंकले प्रचलित कानून, नियमन तथा आन्तरिक नीतिहरूको पूर्ण पालना गर्दै ग्राहक गोपनीयता कायम राख्न कटिबद्ध रहेको जनाएको छ। बैंकले यस्ता दुष्प्रचारमा संलग्न व्यक्ति वा निकायविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

    बैंकले आफ्ना ग्राहक तथा सरोकारवालालाई यस्ता भ्रमपूर्ण सूचनामा विश्वास नगर्न अनुरोध गर्दै सुरक्षित बैंकिङ सेवा प्रदान गर्न आधुनिक प्रविधिको प्रयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ