• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बस्ती हटाउने निर्णयविरुद्ध रास्वपा केन्द्रीय कार्यालय घेराउ गर्न जाँदै सुकुमबासी

    337
    SHARES



    काठमाडौँ । सरकारले नदी किनारका सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि प्रभावित बस्तीका बासिन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयतर्फ जान थालेका छन्। आफूहरूलाई तत्काल नहटाउन दबाब दिनका लागि उनीहरू वनस्थलीस्थित पार्टी कार्यालय पुग्न लागेको जनाइएको छ।

    नदी किनारमा घर तथा टहरा बनाएर बसोबास गर्दै आएका सुकुमबासीहरू कार्यालयतर्फ आउने सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बालाजु वृत्तका डीएसपी यमलाल बञ्जाडेको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ ले जनाएको छ।

    यसअघि शुक्रबार बिहानैदेखि सुकुमबासीहरूले विरोधस्वरूप थापाथली क्षेत्रमा प्रदर्शन गरेका थिए। स्थानीय प्रशासनले शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला आसपासका नदी किनारका बस्ती खाली गराउने तयारी गरेको छ। यसका लागि बिहीबार साँझदेखि नै सो क्षेत्रमा माइकिङसमेत भइरहेको छ।

    यसैबीच, सुकुमबासी आन्दोलनसँग सम्बन्धित सुकुमबासी मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्षेत्रमा प्रदर्शन भएको थियो ।

    सोही क्रममा सुकुमबासी मोर्चाको कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । परियार २०७९ मा ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ