• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपाल मेडिकल काउन्सिलद्वारा १७ डाक्टरको लाइसेन्स खारेज

    310
    SHARES



    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो।

    काउन्सिलले शुक्रबार जारी गरेको सूचनामा नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ अनुसार दर्ता खारेज गर्ने निर्णय गरिएको उल्लेख छ। उक्त निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको काउन्सिलले जनाएको छ।

    दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ। नाम हटाइएकामध्ये डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।

    यसैगरी डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको नाम पनि दर्ताबाट हटाइएको छ।

    कानुनी प्रावधानअनुसार नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि उनीहरूको पुरानो दर्ता स्वतः अवैध हुने व्यवस्था छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ