• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    महान्यायाधिवक्ता कँडेललाई पदमुक्त नगर्नुपर्ने भए कारण पेस गर्न सर्वोच्चको आदेश

    278
    SHARES



    काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त नगर्नुपर्ने कुनै कारण भए पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको जानकारी दिए ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले महान्यायाधिवक्ता कँडेललाई कुनै कामकाज गर्न नदिनु भन्ने दाबी सहितको अन्तरिम आदेशको मागबारे छलफल गर्न आगामी बिहीबार सरकारी पक्षलाई पनि झिकाएको छ ।

    अधिवक्ता माधव बस्नेत, अधिवक्ता शिवराज बरालसहित आठ जना तथा अधिवक्ता दिपकराज जोशी सहित पाँच जनाले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दिएका थिए ।

    उनीहरूले पेस गरेको रिट निवेदन सुरुमा सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि एकल इजलासकै आदेशबाट दरपीठ आदेश बदर भई रिट निवेदनहरू दर्ता भएका हुन् । सर्वोच्च अदालतको न्यायाधीश सरहको पद मानिने महान्यायाधीवक्ताका लागि निरन्तर १५ वर्ष वकालत गरेको हुनुपर्छ ।

    महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल लामो समय बेलायत बसेर व्यवसाय गरेको र उनको निरन्तर १५ वर्ष वकालतको अनुभव नपुग्ने भन्दै रिट निवेदनहरूमा उनलाई पदमुक्त गर्न माग राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ