• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    350
    SHARES



    काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।

    आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ । त्यतिबेला उनीहरु सुतिरहेका थिए ।

    सुतिरहेको अवस्थामा आगलागीमा परी लक्ष्मीनारायण र पवन खड्का खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए ।

    त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ