• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बीपी राजमार्ग एकतर्फी खुल्यो

    200
    SHARES



    काभ्रे । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो ।

    डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले बताए । पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।

    प्रहरीले लेन अनुशासन कायम सावधानीपूर्वक यात्रा गर्न अनुरोधसमेत गरेको छ । साथै बाटोको अवस्थाबारे कुनै जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ