• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी

    1K
    SHARES



    काठमाडौं । देशभर हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहेको छ। यस्तै, कोशी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा पनि यस्तै खालको मौसम गतिविधि देखिन सक्ने अनुमान गरिएको छ।

    आज राति देशका हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

    यसैबीच, देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दो क्रममा रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अन्य ठाउँको तुलनामा बढी गर्मी महसुस हुने सम्भावना रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ