• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रेसम चौधरी पक्राउको पत्र बनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद

    188
    SHARES



    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको छ ।

    सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक नेता रेसम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ६ महिना कैद सजाय सहित १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

    गत वैशाख १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले जारी गरेको पत्रका आधारमा पार्टी एकीकरणको घोषणापत्रमा पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण एवं पूर्व सांसद रेसम चौधरी पक्राउ परेका थिए ।

    अदालतमा विचाराधीन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने भनी जारी गरिएको पत्र अनधिकृत र गैर कानुनी भएको निर्क्याैल हुनासाथ केही घण्टामै चौधरी रिहा भए ।

    र, पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत विष्ट पक्राउ परेका थिए । कारागार र प्रहरीमा तत्काल अर्को पत्र पठाएर सर्वोच्चले रेसम चौधरीलाई रिहा हुने बाटो पनि खोलिदिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ