• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नागरिकको राहदानीमा ‘शर्त’ लेख्ने कर्मचारीमाथि अध्यागमन विभागले सुरु गर्‍यो कारबाही प्रक्रिया

    735
    SHARES



    काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।

    सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यात्रीको राहदानीमा प्रस्थान छाप सँगै हस्तलिखित रूपमा ‘Employment is strictly prohibited. Visit till’ लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    विभागका निर्देशक एवं प्रवक्ता टिकाराम ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय छैन।

    प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीका लागि आन्तरिक छानविन प्रक्रिया अगाडि बढाइएको छ।’ अध्यागमन विभागले पछिल्लो समय भिजिट भिसामा विदेश जाने प्रक्रियालाई थप व्यवस्थित र सरलीकृत गरिएको समेत स्पष्ट पारेको छ।

    नेपाल सरकारको गत कार्तिक १३ गतेको निर्णयानुसार भिजिट भिसामा जाने नेपाली नागरिकले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा र दुईतर्फी हवाई टिकट भएमा ‘स्वघोषणा’ गरेर सजिलै जान पाउने व्यवस्था गरिएको विभागको भनाइ छ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको बाध्यतालाई भजाएर हुने ठगी र शोषण नियन्त्रण गर्न विभागले नीतिगत सहजता र प्रणालीको आधुनिकीकरण गरिरहेको छ। यस्तो अवस्थामा कर्मचारीले व्यक्तिगत तजबिजीका आधारमा राहदानीमा अनावश्यक कुरा लेख्नु गलत हो।’ विभागले यात्रुहरूको आवागमनलाई झन्झटरहित बनाउन र राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको समेत जनाएको छ।

    राहदानी जस्तो संवेदनशील सरकारी कागजातमा कर्मचारीको ‘मनपरी’ देखिएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए। सोही आलोचना र सार्वजनिक गुनासोका आधारमा विभागले तत्कालै संलग्न कर्मचारीमाथि छानबिन थालेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ