• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    425
    SHARES



    काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना बढेको हो।

    अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

    आज दिनभर कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्ने देखिन्छ। बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ। तराईमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ।

    महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भाग र अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

    मौसममा आएको यो परिवर्तनले पहाडी तथा हिमाली जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ