
काठमाडौँ । साउदी अरबले अमेरिकालाई इरानमाथि लगाएको नाकाबन्दी हटाउन दबाब दिएको छ।
इरान माथिको नाकाबन्दी हटाउन र पुनःवार्ताको टेबलमा फर्कन साउदीले अमेरिकालाई दबाब दिइरहेको भनेर द वाल स्ट्रिट जर्नलले जनाएको छ।
नाकाबन्दीले इरानलाई थप उत्तेजित बनाउने र इरानले अन्य महत्त्वपूर्ण जलमार्गहरूमा अवरोध पुर्याउन सक्ने साउदीलाई डर छ। त्यसैले साउदीले अमेरिकालाई नाकाबन्दी अन्त्य गर्न दबाब हालेको साउदी र अरू खाडी राष्ट्रका अधिकारीहरूको हवाला दिँदै जर्नलले लेखेको छ।
अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर आफ्नो अनुमतिमा मात्रै सो जलमार्ग प्रयोग गर्न दिइरहेको छ। वार्ता असफल भएपछि जबाफमा अमेरिकाले पनि हर्मुजमा नाकाबन्दी सुरू गरेको हो।
ट्रम्पको सो नाकाबन्दीलाई इरानले गैरकानूनी भन्दै त्यसको प्रतिकार गर्ने दृढता व्यक्त गरिसकेको छ। अमेरिकाले नाकाबन्दी लगाए खाडी राष्ट्रका बन्दरगाहहरूमा आक्रमण गर्ने इरानले धम्की दिएको छ।
इरानको सोही धम्कीका कारण साउदीले अमेरिकालाई नाकाबन्दी हटाएर वार्ता गर्न दबाब हालेको देखिन्छ।
प्रतिक्रिया