• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    २९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

    183
    SHARES



    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ ।

    बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ ।

    एसईई १९ देखि २९चैतसम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आइरहेको हो ।

    हालसम्म ८–१० वटा जिल्लाबाट आइसकेको छ । ‘अन्य जिल्लाको आउने क्रममा छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने । बोर्डमा हाल ३० जना कर्मचारीको टोली खटिएर काम गरिरहेको छ । इन्ट्रीका लागि मात्र १७ जना कर्मचारी खटिएका छन् ।

    समयमा नतिजा सार्वजनिक गर्नका लागि बिदाको दिन समेत कर्मचारीहरूले काम गरिरहेका छन् । सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बोर्डले त्रुटि नुहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    परीक्षा सकिएपछि ढिला नतिजा सार्वजनिक हुँदा विद्यार्थीलाई अनावश्यक तनाव हुने गरेको भन्दै सरकारले छिटो नतिजा निकाल्ने नीति लिएको हो । यसवर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।

    जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । जापानको एक केन्द्रबाट परीक्षा दिने २३ जना छन् । एसईई सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ