• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे

    317
    SHARES



    पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो ।

    उनी पक्राउ परेसँगै प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । आलोचना गर्नेहरूले बालेनका पुराना फेसबुक स्टेटस तथा भिडियोहरू सेयर गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ