• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गृहमन्त्री सुधन गुरूङले भने– पिर्के सलामी लिन्नँ

    365
    SHARES



    काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले सलामी नलिने बताएका छन्। गृहमन्त्री गुरूङ शनिबारदेखि अवलोकन भ्रमणमा छन्।

    त्यसक्रममा आज उनी नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका थिए। त्यहाँ उनले सलामी नलिने बताएका हुन्। ‘गृहमन्त्रीले पिर्के सलामी लिन्नँ भन्नुभएको छ,’ उनको सचिवालयले भनेको छ।

    संघीय सरकारका मन्त्रीदेखि स्थानीय तहका प्रमुखहरूसम्मले पिर्के सलामी लिन थालेको भन्दै सार्वजनिक वृत्तबाट आलोचना भइरहेको थियो। गृहमन्त्रीले यो कार्यशैली सुधारेका हुन्।

    आजै गृहमन्त्री गुरूङलाई दूषित पानीको कारण नवलपुर क्षेत्रमा गैंडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका थिए। नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र समेत बुझाएका हुन्।

    विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौं वन्यजन्तुहरू मृत भेटिएको स्थानहरूको गुनासो थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ