• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    वार्ताका लागि इरानी र अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान पुगे

    357
    SHARES



    काठमाडौं । इरानसँगको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ ।

    बीबीसीले पाकिस्तानको विमानस्थल स्रोतको हवाला दिँदै भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा अवतरण भइसकेको छ ।

    २१ वर्षको लामो अन्तरालपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान यात्रा हो । यसअघि तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले सन् २००५ मा पाकिस्तानको भ्रमण गरेका थिए ।

    इस्लामाबादमा हुने वार्ताका लागि उपराष्ट्रपति भान्सका साथ अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टीभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि प्रतिनिधिमण्डलमा सहभागी छन् ।

    यस्तै इरानको तर्फबाट त्यहाँको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ । वार्ताका लागि इस्लामाबादमा उच्च सुरक्षासहित तयारी भइसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ