• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

    324
    SHARES



    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

    शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।

    रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन ।

    आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ