• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ। बुधबार तोलामा सात हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया