• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण

    146
    SHARES



    काठमाडौं । त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नं. ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो ।

    वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गरी बिरामीको ज्यान बचाउन सहयोग गर्ने जीवनरक्षक उपकरण हो ।

    यस्ता उपकरण सार्वजनिक स्थानमा उपलब्ध हुनु आपत्‌कालीन स्वास्थ्य सुरक्षातर्फको ठूलो कदम भएको उनले बताए । महानगरपालिकाले यस कार्यको समन्वय र कार्यान्वयनका लागि हेल्थ एडभान्समेन्ट प्रोग्राम इन साउथ एसिया नेपाल र त्रिभुवन विमानस्थललाई धन्यवाद भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ