• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    स्याङ्जामा जिप दुर्घटना : ११ जना घाइते, केहीको अवस्था मध्यम

    309
    SHARES



    स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

    पुतलीबजारबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। जिपमा चालकसहित १५ जना सवार थिए।

    दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल उद्धार गरी पुतलीबजार स्थित प्रदेश अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

    घाइते हुनेहरूमा बिरुवा गाउँपालिका–४ का एन्जल नेपाली (८), कृष्चल दर्जी (१३), मानसिङ गुरुङ (५०), दालमाया गुरुङ (५९) र रेमकुमारी बस्याल (६५) रहेका छन्।
    त्यस्तै पुतलीबजार–७ की चन्द्र सुब्बा गुरुङ (५७), शर्मीला नेपाली (३३) र उनका २ वर्षका छोरा कृष्ण नेपाली, साथै पोखरा महानगरपालिकाका विष्णुमाया गुरुङ (६०), बिमला गुरुङ (६०) र सिता वाग्ले (५६) पनि घाइते भएका छन्।

    उद्धारका लागि प्रहरी निरीक्षकसहित १६ जनाको टोली खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ