• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन : किमजोङ बोससहित १७ जना पक्राउ

    247
    SHARES



    काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो ।

    अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् ।

    अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको एसएसपी खड्काले बताए ।

    अपराध अनुसन्धान कार्यालयका अनुसार यसक्रममा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोससमेत १३ जनालाई पक्राउ गरेको हो ।

    यस्तै, परिसरले पनि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । परिसरले श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको हो ।

    प्रहरीले पछिल्लो समय बिचौलियाहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । विभिन्न सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी भएको गुनासो आएपछि प्रहरी सक्रिय भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ