• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हात जोडेर संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    216
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् ।

    ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ?,’ उनले भने, ‘यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ ।’

    सरकारका तर्फबाट उनले दलित समुदायसँग पनि माफी मागे । ‘यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट,’ उनले भने ।

    उनले आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको उनले बताए । ‘अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महशुस गर्नेछैन,’ उनले भने ।

    लामिछानेले आफूहरुलाई काम गर्नका लागि सय दिने ‘हनिमुन पिरियड’ को सुविधा नचाहिने बताएका छन्। उनले आफूहरु दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न सुरु गरिसकेको बताए ।

    लामिछानेले विगतका सरकारहरु पारदर्शिता र जवाफदेहिताको कमजोरीले गर्दा इतिहास बदल्ने औजार बन्न नसकेको भन्दै आफूहरु इतिहासबाट सिक्न र परिणाम दिन आएको बताए। उनले प्रतिपक्षी दलहरुलाई आफूहरुमाथि २४ सै घण्टा निगरानी गर्न र बाटो बिराएमा सच्याइदिन आग्रह समेत गरे। आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गर्ने र अध्यादेश ल्याउने जस्ता गलत क्रियाकलाप अब नदोहोरिने लामिछानेले बताए। आस्थाका आधारमा फरक व्यवहार नहुने र अन्यायपूर्वक विधि मिचेर कसैलाई नफसाइने उनले प्रतिबद्धता व्यक्त गरे।

    ‘सुशासनको वेग रोकिने छैन, न्याय पाउने हक सहिद र आमाको हो, यसलाई प्रतिशोध भन्न पाइने छैन,’ उनले भने। उनले राजनीतिक सिफारिसमा नियुक्ति लिएका पदाधिकारीहरुलाई स्वेच्छाले मार्गप्रशस्त गर्न समेत अपिल गरे। निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्दै लामिछानेले बिचौलिया र माफियाहरुले बिगारेको व्यावसायिक वातावरण अब सुधार हुने बताए। ‘नीतिहरु अब बजारमा बेचिँदैनन्, निर्णयहरु कसैको दबाबमा बन्ने छैनन्,’ उनले भने, ‘समान अवसर, पारदर्शिता र व्यावसायिक स्वतन्त्रताको जिम्मा सरकारले लिन्छ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ